birat ribon

त्रिदेशीय कप : बङ्गलादेशको सुखद सुरुआत

Neuro
त्रिदेशीय कप : बङ्गलादेशको सुखद सुरुआत

विराटनगर / नेपालले आयोजना गरेको ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगितामा बङ्गलादेशले सुखद सुरुआत गरेको छ । मङ्गलबार भएकाे उद्घाटन खेलमा बङ्गलादेशले कीर्गिस्तानको यु–२३ टोलीमाथि १-० गोलको जित निकालेको हो ।

दशरथ रङ्गशालामा भएको खेलमा बङ्लादेशको जितमा आत्मघाती गोल निर्णायक बन्यो । कीर्गिस्तानको कुमारवज उलु बैमानले आत्मघाती गोल गरेका थिए ।

cura insider

खेलको ३०औँ मिनेटमा बङ्गलादेशका मोहमद साद उडिनको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरे ।

जितसँगै बङ्गलादेशले महत्वपूर्ण ३ अङ्क जोडेको छ ।

प्रतियोगिताको दोस्रो खेलमा बिहीबार नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ । शनिबार नेपाल र बङ्गलादेशबीच लिग चरणको अन्तिम खेल हुनेछ ।

फिफा विश्वकप छनोटका खेल स्थगित भएपछि एन्फाले बङ्गलादेश र कीर्गिस्तानलाई बोलाएर प्रतियोगिता गरेकाे हो । विश्वकप छनोटअन्तर्गत दशरथ रङ्गशालामा नेपालले अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनबीचको खेल खेल्न नपाउने भएपछि थ्री नेशन्स कपको आयोजना गरेकाे हो ।

लिग चरणमा तीन खेलपछि शीर्ष दुई स्थानमा रहने टिमबीच चैत १६ गते उपाधि भिडन्त हुनेछ ।

jackson ribon