birat ribon

नेवार विश्व सम्मेलन हुँदै

Neuro
नेवार विश्व सम्मेलन हुँदै

काठमाडौँ / नेवार समुदायको विश्व सम्मेलन हुने भएको छ । चौथो विश्व नेवार दिवस चिल्लाथ्व चतुर्दशी (चैत १४ गते)का दिन काठमाडौँको वसन्तपुरमा नेवारहरूको विश्व सम्मेलन आयोजना गरिने भएको हो ।

चौथो विश्व नेवार दिवस आयोजक समितिले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी कोभिड महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन यस वर्ष आयोजना गरिएको जानकारी गराएको छ । सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरूको सहभागिता रहनेछ ।

cura insider

सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने आठ जना विशिष्ट व्यक्तिलाई सम्मान गरिने पनि आयोजक समितिले बताएको छ । यस्तै, सम्मेलनमा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरूका तस्बिर प्रदर्शनी, नेवारी खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र सङ्घसंस्थाबाट सांस्कृतिक कार्यक्रम प्रस्तुति हुनेछ ।

jackson ribon