birat ribon

उच्च रक्तचापलाई बर्जित खाना

Neuro
उच्च रक्तचापलाई बर्जित खाना

विराटनगर / दैनिक सेवन गरिने आहारले रक्तचापमा ठूलो असर गर्न सक्छ । अत्यधिक नुनका साथै गुलियो खाना, फ्याटको मात्रा उच्च भएको खानाले रक्तचाप बढाउन सक्छ । यस्ता खानालाई बेवास्ता गर्नाले रक्तचाप घटाउन र नियन्त्रण गर्म मद्दत गर्छ । अमेरिकन हार्ट एसोसिएसनको सुझाव अनुसार उच्च रक्तचाप भएको मानिसले प्रशस्त मात्रामा फलफूल, तरकारी, प्रोटिन र सम्पूर्ण अन्नको ठीक मात्रा सेवन गर्नुपर्छ ।

उच्च रक्तचापको समस्या भएका मानिसले यी खानालाई आहारमा समावेश गर्दा ध्यान पुर्याउनुपर्ने देखिन्छ ।
नुन वा सोडियम तथा अत्यधिक नुन हुने खाना, प्रसोधन गरिएको मासु, अचार, जङ्क फुड वा रेडिमेड खाना, प्याकेट तथा क्यानमा राखिएको खाना, क्यानमा राखिएको टमाटरका सामग्री, गुलियो खाना तथा पेय पदार्थ, सफ्ट ड्रिङ्कस् तथा मदिराजन्य पदार्थ, बोसोयुक्त खाना, कफीलागयत क्याफेन भएका खाना, फ्रोजन खाना उच्च रक्तचाप भएकाहरूले सकभर नखानु नै राम्रो मानिन्छ ।

cura insider
jackson ribon