birat ribon

मेचीपारिका विद्यार्थीलाई गोयलको सहयोग

Neuro
मेचीपारिका विद्यार्थीलाई गोयलको सहयोग

विराटनगर / मेचीपारिको नेपाली गाउँका विद्यार्थीलाई विराटनगरका उद्योगी एवम् समाजसेवी दीनबन्धु गोयलले विद्यालय–पोसाक र स्कुल ब्याग सहयोग गरेका छन् ।

भद्रपुर नगरपालिका–३ मा पर्ने डोलो गाउँमा रहेको मेची आधारभूत विद्यालयका एक सय ४१ विद्यार्थीलाई समाजसेवी गोयलले पोसाक र ब्याग सहयोग गरेका हुन् ।

cura insider

आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका नाममा गोयलले उक्त सामग्री वितरण गरे । दाजु ओमप्रकाशका स्मृतिमा विगत एक दशकदेखि समाजसेवाका कार्यहरू गर्दै आइरहेका छन् ।

गोयलले विद्यालयका ७८ छात्रलाई सर्ट–पेन्ट तथा ६३ छात्रालाई सर्ट र फ्रक प्रदान गरे । विद्यालयलाई खानेपानीको फिल्टरसमेत हस्तान्तरण गरे ।

विद्यालयका प्रधानाध्यापक चमकलाल राजवंशीले पोसाक, ब्याग र फिल्टरमा गरी दुई लाख रुपैयाँ खर्च भएको जानकारी दिए ।
गोयलले आफ्ना दाजु ओमप्रकाशले पनि झापा जिल्लामा समाजसेवाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको चर्चा गरे । ‘हामी दुवै यही क्षेत्रका भएकाले यस कार्यक्रमबाट दाजुको सानो सम्झना गरेको हुँ,’ उनले भने, ‘हामी दुवै जना जुत्ता नलगाई खाली खुट्टामै बोरा बोकेर विद्यालय जान्थ्यौँ । हामी दुवैले दुःखका दिन पनि देखेका छौँ । त्यसैले आजका विद्यार्थीले सहज वातावरण पाऊन् भन्ने मेरो चाहना छ ।’

jackson ribon