birat ribon

सत्ता समीकरण सम्बन्धमा जसपासँग कुरा भएको छैन : नेम्वाङ

Neuro
सत्ता समीकरण सम्बन्धमा जसपासँग कुरा भएको छैन : नेम्वाङ

काठमाडौँ / जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मकरूपमा अगाडी बढेको बताएका छन् ।

मङ्गलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै वरिष्ठ नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मकरूपमा अगाडि बढेको बताए । पहिले मुद्दा मामिलाको काम अगाडि बढेमा सत्ता समीकरणलगायतको विषयमा कुरा गर्ने उनले बताए । नेता, कार्यकर्ताको मुद्दा फिर्ता गर्न पार्टीभित्र एकमत भएको भन्दै उनले नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरे पनि निर्णय भने पार्टीले गर्ने बताए ।

cura insider

जसपाका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँगको भेटमा आफ्ना मागहरूको विषयमा कुरा भएको बताए । माग पूरा गर्ने आश्वासन आएको भए पनि देखिने गरी काम नभएको उनको भनाइ थियो । छलफलको क्रममा जसपाको सहयोग चाहिए काम गरेर देखाउनुपर्ने अनि मात्रै जसपाले निर्णय गर्ने आफूहरूको भनाइ रहेको नेता कर्णले बताए ।

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जसपा र एमालेबीचको सम्बन्धमा कुनै सर्त नभएको बताए । रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनसँग सम्बन्धित विषयमा कुरा भए पनि सत्ता साझेदारीको विषयमा कुरा नउठेको उनको भनाइ थियो । अहिलेसम्म जसपाको मागसँग सम्बन्धित भएर मात्रै कुरा भइरहेको उपनेता नेम्बाङले बताए । दुई पार्टीबीच राम्रो सम्बन्ध भयो भने सत्ता समीकरण हुनसक्ने पनि उनले जनाए ।

jackson ribon