birat ribon

नेपाली खेलाडी सम्मेलित मासाको ३५ गोल, गोलकिपर एन्जिलाले गरिन् दुई गोल !

Neuro
नेपाली खेलाडी सम्मेलित मासाको ३५ गोल, गोलकिपर एन्जिलाले गरिन् दुई गोल !

विराटनगर / पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी आवद्ध रहेको मासा युनाइटेडले फराकिलो जित निकालेको छ ।

मङ्गलबार भएको खेलमा मासाले कराँचीमाथि ३५–० गोलान्तरको जित दर्ता गरेको हो । नेपाली गोलरक्षक एन्जिला तुम्बाप्पोको कप्तानीमा मैदान उत्रिएको मासालाई जित कप्तान एन्जिलाले पनि दुई गोल गरिन् ।

cura insider

यस्तै अनिता केसीले १६ गोल गरिन् भने सरु लिम्बूले दस गोल गरिन् । यस्तै अरिबाले तीन गोल गर्दा गीता राणा र सम्रोज समीनले समान दुई–दुई गोल गरिन् ।

पहिलो खेलमा मासाले सियालकोट सिटीलाई १९-० गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा मासाले हाइयर एजुकेसन कमिसनलाई ४-० गोल अन्तरले हराएको थियो ।

jackson ribon