birat ribon

रुघाको भाइरसले कोरोना भाइरसलाई पराजित गर्न सक्ने

Neuro
रुघाको भाइरसले कोरोना भाइरसलाई पराजित गर्न सक्ने

विराटनगर / रुघा लगाउने भाइरसले कोरोना भाइरसलाई हटाउन सक्ने अध्ययनले देखाएको छ ।

युनिभर्सिटी अफ ग्लास्गोका वैज्ञानिकहरूका अनुसार मानिसको शरीरका कोषहरूबाट रुघा लगाउने राइनो भाइरसले कोरोना भाइरसलाई पराजित गरेको पाइएको छ । मानवकोषमा आफूले सङ्क्रमण गर्ने प्रयासमा केही भाइरसहरूबीच प्रतिस्पर्धा हुने गर्छ । राइनो भाइरसले धेरै पटक मानिसलाई सङ्क्रमित गरिसकेको हुनाले कोभिड गराउने सार्स कोभ–२ भाइरसलाई हटाउन सहयोग गर्न सक्छ ।

cura insider

कुनै पनि भाइरस एकपटक नाक, घाँटी र फोक्सोका कोषभित्र छिरेपछि त्यसले अन्य भाइरसलाई भित्र प्रवेश गर्न दिन सहज बनाउने वा असहज बनाई आफू मात्र बस्न खोज्छ । रुघाको कारक इन्फ्लूएन्जा भाइरसले प्रायः एक्लै सङ्क्रमण गर्ने हुँदा यसले अन्य भाइरसलाई फैलिन दिँदैन ।

अनुसन्धान टोलीले प्रकृति प्रयोग गरेर मानिसको श्वासनलीमा हुने कोषलाई कोरोना भाइरस र राइनो भाइरसबाट सङ्क्रमित पारेर अध्ययन गरेका थिए । एकैचोटि राइनो भाइरस र सार्स कोभ–२बाट सङ्क्रमण गराउँदा कोषमा केवल रुघा लगाउने राइनो भाइरसले सङ्क्रमण गर्न सकेको पाइयो भने २४ घण्टाअगाडि नै राइनो भाइरस प्रवेश गराएको कोषमा कोरोना भाइरसले प्रभाव पार्न नसकेको देखियो ।

थप प्रयोग र परीक्षण गर्दा राइनो भाइरसबाट सङ्क्रमित कोषमा रोग प्रतिरोध गर्ने क्षमता बढेको र त्यसले कोरोना भाइरसको सङ्ख्या वृद्धि गर्ने क्षमतालाई समेत अवरुद्ध गराएको अध्ययनले देखिएको छ । तर, रुघा निको भइसकेपछि तथा राइनो भाइरसको प्रतिरोधात्मक क्षमता कम भइसकेपछि कोरोना भाइरसबाट सङ्क्रमित हुने सम्भावना रहन्छ ।

भाइरसहरूबीच हुने अन्तक्र्रियाका साथै भाइरसविरुद्धको खोप, सरसफाइका उपायले कोभिडको जोखिम गराउने सार्स कोभ–२ भाइरसलाई ठूलो मात्रामा घटाउन सक्छ ।

jackson ribon