birat ribon

न्युजिल्याण्डलाई एकदिवसीय सिरिज

Neuro
न्युजिल्याण्डलाई एकदिवसीय सिरिज

विराटनगर / न्युजिल्याण्डले बङ्गलादेशविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज जितेको छ । मङ्गलबार दोस्रो एकदिवसीयमा बङ्गलादेशलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्याण्डले एक खेल अगावै सिरिज आफ्नो बनाएको हो ।

क्राइसचर्चमा जित निकालेसँगै न्युजिल्याण्डले तीन खेलको विश्व क्रिकेट लिगको लगातार दुई खेल जितेर २० अङ्क बटुलेको छ । बङ्गलादेशले प्रस्तुत गरेको दुई सय ७२ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले ४८ ओभर २ बलमा पाँच विकेटको क्षतिमा दुई सय ७५ रन बनायो ।

cura insider

न्युजिल्याण्डको जितमा कप्तान टम लेथमले अविजित रहँदै एक सय १० रनको पारी खेले । ५३ रनमै तीन विकेट गुमाएर कमजोर सुरुआत गरेको न्युजिल्याण्डका लागि डेभोन कोनवेले लाथमसँग चौथो विकेटका लागि एक सय १३ रनको साझेदारी गरेर खेलमा पुनरागमन गराए । कोनवेले दोस्रो सर्वाधिक ७२ रनको योगदान दिए ।

बङ्गलादेशका लागि मुस्तफीजुर रहमान, महेदी हसनले सामान दुई–दुई विकेट लिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको बङ्गलादेशले पूरै ५० ओभर खेल्दै छ विकेटको क्षतिमा दुई सय ७१ रनको योगफल तयार गरेको थियो । उसको पारीमा ओपनर ब्याट्सम्यानसमेत रहेका कप्तान तामिम इकबालले ७८ रनको पारी खेलेर टोलीलाई स्थिरता प्रदान गरे ।

अर्का ओपनर लिटन दास डकआउट भए । मोहम्मद मिथुनले दोस्रो सर्वाधिक ७३ रन बनाएर अविजित रहे ।

न्युजिल्याण्डको बलिङ्गमा मिसेल शान्टनरले सर्वाधिक दुई तथा ट्रेन्ट बोल्ट, म्याट्ट हेनरी र कायल जमिन्सनले सामान एक–एक विकेट लिए । लाथम प्लेयर अफ द् म्याच घोषित भए ।

jackson ribon