birat ribon

लागुऔषध ब्राउनसुगरसहित ६ जना युवा पक्राउ

Neuro
लागुऔषध ब्राउनसुगरसहित ६ जना युवा पक्राउ

उदयपुर / चौदण्डी नगरपालिका–४ फत्तेपुर रामपुर सडकखण्डको नमुनाचोकबाट प्रहरीले ब्राउन सुगरसहित ६ जना युवालाई पक्राउ गरेको छ । सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेका दुईवटा अटोमा जाँच गर्दा लागुऔषध ब्राउनसुगरसहित ६ युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१३ का ३० वर्षीय खगेन्द्र राई, २४ वर्षीय दीपक राई, २४ वर्षीय हरि खड्का, चौदण्डीगढी नगरपालिका–५ का २३ वर्षीय सुनिल राई रहेका छन् । यस्तै, अन्य दुई जना सप्तरी जिल्ला कङ्कालिनी नगरपालिका–७ का २५ वर्षीय ऋषिकुमार क्षेत्री र २० वर्षीय बब्लु मुखिया रहेको प्रहरीले जनाएको छ ।

cura insider

उनीहरूको साथबाट ३.९ ग्राम ब्राउनसुगर, सात बोतल कोरेक्स तथा केही गाँजा प्रहरीले बरामद गरेको छ । पक्राउ गरिएका ६ जनालाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

jackson ribon