birat ribon

आगामी जेठ ३० गते स्ववियु निर्वाचन

Neuro
आगामी जेठ ३० गते स्ववियु निर्वाचन

काठमाडौँ / आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिको अनशन तोड्दै आगामी जेठ ३० गते स्ववियु निर्वाचन गर्ने जनाएको हो ।

अनशनरत विद्यार्थीलाई शिक्षाध्यक्ष प्राडा भुसालले जुस खुवाएर अनशन तोडाएका थिए । त्रिविले स्ववियु निर्वाचनसहित विभिन्न पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै आगामी जेठ ३० गते स्ववियु निर्वाचन गर्नेगरी विश्वविद्यालय र विद्यार्थीबीच सहमति भएको हो ।

cura insider

विश्वविद्यालयले स्ववियु निर्वाचन गर्नका लागि यही चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ ।

नेविसङ्घका पूर्व–कोषाध्यक्ष शिव रिमालले नेविसङ्घ विश्वविद्यालय समिति र विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी रहेका बुँदा यथाशीघ्र कार्यान्वयन गर्ने, कोभिड–१९ का कारण ढिलो गरी सञ्चालित परीक्षाको नतिजा यथाशीघ्र प्रकाशित गर्ने, त्रिविको शैक्षिक क्यालेण्डरलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको जानकारी दिए ।

यस्तै, त्रिवि समाजशास्त्र केन्द्रीय विभागको समस्या समाधान गर्ने सन्दर्भमा आवश्यक छलफल एवं परामर्श गरी दुई महिनाभित्र राय सुझाव पेश गर्न तीन सदस्यीय समिति गठन गर्ने सहमति भएको छ ।

सहमति पत्रमा विश्वविद्यालयको तर्फबाट शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल र नेविसङ्घ विश्वविद्यालय समितिको तर्फबाट अध्यक्ष डा श्यामकृष्ण अधिकारीले हस्ताक्षर गरेका छन् ।

jackson ribon