birat ribon

शाओमीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Neuro
शाओमीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ / शाओमीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत डिएसए (डिसेबल स्टुडेन्ट एसोसिएसन)का ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले डिएसए स्कुलका प्रधानाध्यापक दयाराम महर्जनलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

कोठारीले विद्यार्थीलाई ल्यापटप, किट, झोला, जुत्ता, किताब वितरण गरेका थिए । सो अवसरमा डिएसएका विद्यार्थीहरूले गीत÷सङ्गीत प्रस्तुत गरेका थिए । सो सामग्री वितरण समारोहमा विद्यार्थीले बनाएका सुन्दर चित्रहरू हेर्दै र उनीहरूकै रमाइला कथा सुनेर कोठारीले समय बिताएका थिए ।

cura insider

सो अवसरमा कन्ट्री जनरल म्यानेजर कोठारीले हामी सदैव आफूहरू सञ्चालन गरेको समुदायको सेवाका लागि आफूहरू सधैँ तत्पर रहेको उनले बताए । ‘व्यवसायका साथै हामी हाम्रो समुदायप्रतिको जिम्मेवारीका बारेमा सचेत छौँ,’ उनले भने ।

jackson ribon