birat ribon

चार बोरा टिसर्टसहित यादव पक्राउ

Neuro
चार बोरा टिसर्टसहित यादव पक्राउ

विराटनगर / मोरङ प्रहरीले विराटनगर–७, हनुमानदास रोडबाट ठूलो परिमाणमा कपडा बरामद गरेको छ । भारतबाट चोरबाटो हुँदै नेपाल भित्र्याएको आशङ्कामा प्रहरीले सोमबार बिहान चार बोरा टिसर्ट बरामद गरेको हो ।

यस प्रकरणमा प्रहरीले विजय यादव नामक व्यक्तिलाई पक्राउ गरेको छ । उनको ठेगाना र थप विवरण थाहा हुन सकेको छैन ।

cura insider

कर छली अवैध कारोबार गरेको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताए ।

jackson ribon