birat ribon

गाई फार्ममा आगलागी, २० गाई मरे

Neuro
गाई फार्ममा आगलागी, २० गाई मरे

सप्तरी / सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित कृषि फार्ममा आगलागी हुँदा २० गाई जलेर मरेका छन् । शुक्रबार बिहान कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सो फार्ममा ६० मध्ये २० गाई जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । तीमध्ये १० गाई घाइते भएका छन् भने ३० गाई हराइरहेको फार्मका सञ्चालक मनोजकुमार साहले बताए ।

cura insider

आगलागीले फार्मको घरसहित गाईलाई खुवाइने अन्नपातसमेत जल्दा करीब रु ५० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ । सो आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दीनानाथ साह घाइते भएका छन् ।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

jackson ribon