विराटनगर / नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज सुन प्रतितोला ८६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्यमा गिरावट आएको छ । चाँदी आज तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार दुई ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
