birat ribon

विराटनगरमा आपतकालीन विशेष योजना

Neuro
विराटनगरमा आपतकालीन विशेष योजना

विराटनगर / विराटनगरमा आपतकालीन अवस्थामा नागरिकको सुरक्षा एवं जनधनको क्षति न्यूनीकरण गर्नका लागि विशेष योजना सञ्चालनमा ल्याइएको छ ।

विराटनगर महानगरपालिकाले कार्यक्रम सुरु गरेको हो । नागरिकको जनधनको क्षति न्यूनीकरण गर्नलाई ‘स्थानीय आपत्कालीन’ कार्यालय नै सञ्चालनमा ल्याइएको छ । बिहीबारदेखि कार्यालय सञ्चालनमा ल्याइएको हो ।

cura insider

मानगढमा खोलिएको कार्यालयको मेयर भीम पराजुलीले बिहीबार उद्घाटन गरे । २४ घण्टा नै सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित कार्यालयले नागरिकलाई विपद्को समयमा आवश्यक सहयोग प्रदान गरी क्षति न्यूनमा मद्धत गर्ने जानकारी उनले दिए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जिल्ला विपद् व्यवस्थापनको सहकार्यमा आपत्कालीन सेवाबाट कार्य सञ्चालन गर्न थालिएको बताए । हाल कार्यलयमा विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री रहेको र आवश्यकतानुसार पछि थप गर्दै जाने योजना रहेको जानकारी उनले दिए ।

jackson ribon