birat ribon

पूर्वमा क्लासिक टेकको थप दुई नयाँ आउटलेट

Neuro
पूर्वमा क्लासिक टेकको थप दुई नयाँ आउटलेट

विराटनगर / नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०२ र १०३औँ आउटलेट प्रदेश नम्बर १ को झापाका प्रमुख बजारहरू बिर्तामोड र दमकमा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले प्रदेश नम्बर १ का ग्राहकहरूलाई प्रत्यक्ष र सहजरूपमा सेवा उपलब्ध गराउने उद्देश्यले आफ्ना नयाँ आउटलेटहरू सञ्चालनमा ल्याएको हो । नयाँ आउटलेटहरू क्लासिक टेकले बिर्तामोडको धन सूर्य कम्प्लेक्स शनिश्चरे रोडमा तथा दमकको मङ्गलदीप मार्केटको दोस्रो तलामा स्थापना गरेको छ ।

cura insider

क्लासिक टेकका प्रमुख सेल्स एन्ड मार्केटिङ अफिसर बिनयकुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरूपमा दुवै नयाँ आउटलेट उद्घाटन गरेका थिए । सञ्चालनमा आएका नयाँ आउटलेटहरूबाट कम्पनीले पूर्वी भेगका हरेक साना गाउँहरूमा आफ्नो नेटवर्क र सेवा विस्तार गर्ने योजना लिएको छ । यी आउटलेटहरूबाट तीव्ररूपमा ग्राहकलाई सेवा उपलब्ध गराउन ४५ जना कर्मचारी कस्टमर सपोर्ट, फाइबर स्टाफ, बिलिङ र मार्केटिङका लागि राखिएको कम्पनीले जनाएको छ ।

यस अघिदेखि नै क्लासिक टेकले बिर्तामोड र दमक क्षेत्रमा बैङ्क तथा वित्तीय संस्थाहरूलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरूलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ । घरायसी प्रयोजन, साना कार्यालय र कर्पोरेट कम्पनीहरूका लागि समेत सो सेवा उपलब्ध हुनेछ । कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर झापाका सेवाग्राहीहरूका लागि पनि उपलब्ध गराएको छ । यो सेवा स्थानीयले समेत लिनसक्ने भएका छन् ।

jackson ribon