birat ribon

आइसियूमा भर्ना भएकी बिरामीमाथि यौन दुर्व्यवहार

Neuro
आइसियूमा भर्ना भएकी बिरामीमाथि यौन दुर्व्यवहार

विराटनगर / सघन उपचार कक्ष (आइसियू) मा भर्ना भएकी बिरामीमाथि बलात्कार गरेको घटना बाहिरिएको छ ।

भारतको जयपुरस्थित शैलबी अस्पतालको भेन्टिलेटरमा भएकी महिलामाथि अस्पतालकै कर्मचारीले पटक–पटक यौन दुर्व्यवहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएको हो । प्रहरीका अनुसार गत सोमबार स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सोही साँझ उनको अपरेसन गरिएको थियो ।

cura insider

राति ८ बजे आइसियूमा सिफ्ट गरेपछि अस्पताल प्रशासनले ती महिलाका पतिलाई त्यहाँ बस्न नपर्ने र आवश्यकता परे बोलाउने बताएको थियो । पीडित महिलाको मुखमा अक्सिजन माक्स राखिएको थियो भने उनका दुवै हात बाँधिएका थिए । दुर्व्यवहारपछि रातभर रोइरहेकी महिलाले बिहान अस्पतालकी महिला नर्सलाई उक्त घटनाबारे बताउन खोज्दा उनलाई धम्काएर चुप गराइएको बताइएको छ ।

पीडितले आफ्नो पतिलाई कागजमा लेखेर उक्त घटनाबारे जानकारी दिएकी थिइन् । त्यसपछि स्थानीय चित्रकुट थानामा उजुरी दर्ता गरिएको थियो । सिसिटिभी क्यामरा र ड्युटी चार्टअनुसार अस्पतालकै नर्सिङ कर्मचारी खुसीराम गुर्जरलाई पक्राउ गरिएर अनुसन्धान सुरु गरिएको डिसिपी प्रदीपमोहन शर्माले जनाएका छन् ।

jackson ribon