birat ribon

फिदिममा बजाजको नयाँ सो रुम

Neuro
फिदिममा बजाजको नयाँ सो रुम

काठमाडौँ / नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले फिदिममा नयाँ सो रुम ‘समृद्धि एन्ड ब्रदर्स प्रालिको उद्घाटन गरेको छ ।

बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले फिदिममा पनि सो रुम सञ्चालनमा ल्याएको जनाएको छ । समृद्धि एन्ड ब्रदर्स प्रालि फिदिमका प्रोपराइटर सञ्जीव जोशीलाई बजाजको डिलरसीप प्रदान गरिएको कम्पनीले जनाएको छ ।

cura insider

नयाँ सो रुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको विश्वास छ । नयाँ सो रुम उद्घाटन गर्दै कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले फिदिममा यो नयाँ सो रुम विस्तारले ग्राहकहरूको जीवन सहज बनाउनुका साथै उनीहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने बताए ।

jackson ribon