birat ribon

दलीय सहमति नबन्दा रोकिए सात अध्यादेश

Neuro
दलीय सहमति नबन्दा रोकिए सात अध्यादेश

विराटनगर / मुलुकमा सबै राजनैतिक दल आआफ्नै अडानमा रहँदा र उनीहरुबीच सहमति बन्न नसक्दा संसदमा पेस हुनुपर्ने सातवटा अध्यादेश रोकिएका छन् ।

राजनीतिक दलहरूबीच सदन सञ्चालनका विषयमा समझदारी बन्न नसक्दा अधिवेशनको पहिलो बैठकमै पेस हुनुपर्ने अध्यादेश रोकिएका हुन् । विवादास्पद मानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस भइसके पनि अन्य अध्यादेश दलीय विवादको चपेटामा परेका हुन् । एसिड आक्रमणमा हुने सजाय बढाउने, तेजाबलगायतका घातक रासायनिक पदार्थ खरिदमा नियमन गर्ने अध्यादेशहरू जनदबाबपछि ल्याइएका थिए । दलीय विवाद हुँदा ती अध्यादेश अधिवेशन प्रारम्भ भएको एक सातापछि पनि पेस हुन सकेको छैन ।

cura insider

सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठकले पनि मङ्गलबारको बैठकमा अध्यादेश पेस गर्नेबारे कुनै ठोस सहमति जुटाउन सकेन । प्रतिनिधिसभा नियमावली निलम्बन गरेर ती अध्यादेश पेस हुनुपर्ने अवस्थामा छन् । मङ्गलबार पनि अध्यादेश पेस हुने नहुने अनिश्चित छ ।

अध्यादेश पेसबारे पनि दलहरूबीच एकअर्कामा आरोप प्रत्यारोप छ ।
मङ्गलबारको बैठकमा अध्यादेश पेस नहुने नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । दलीय आधारमा शीर्ष नेताहरूको सम्बोधन पनि मङ्गलबारपछिको अर्को बैठकमा मात्र हुने उनको भनाइ छ । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon