birat ribon

देउवाका कारण तीनदलीय बैठक स्थगित

Neuro
देउवाका कारण तीनदलीय बैठक स्थगित

विराटनगर / कांग्रेस सभापति शेरबहादुर देउवाका कारण नयाँ सत्तासमीकरणका लागि बस्ने भनिएको तीनदलीय बैठक स्थगित भएको छ ।

परिस्थिति ‘परिपक्व’ नभएको भन्दै देउवाले तीनदलीय बैठक टारेका हुन् । देउवाले अनिच्छा देखाएपछि सोमबारका लागि तय कांग्रेस, एमाले र जसपाबीचको संयुक्त बैठक बस्न सकेन । माओवादी केन्द्र र जसपा आन्तरिक बैठकमा जुटे पनि कांग्रेसले परिस्थिति ‘परिपक्व’ नभएको बताएर बैठकबाट पन्छिएको हो ।

cura insider

समीकरणबारे जसपाले अझै ठोस निर्णय लिएको छैन । गठबन्धनबारे दोस्रो तहका नेताहरूबीच निरन्तर संवाद भए पनि निर्णायक वार्ताका देउवा ‘परिपक्व परिस्थिति’को पर्खाइमा छन् । कांग्रेस सभापति देउवाको संयोजनमा सोमबार तीन दलबीच छलफलको तयारी थियो । छलफल निर्णायक हुने नेताहरूले संकेत गरेका थिए । तर, माओवादी र जसपा दुवै अनिर्णीत रहेको अवस्थामा संसद्भित्रको अंकगणित कांग्रेसका लागि अनुकूल हुन नसक्ने भन्दै देउवाले तीनदलीय छलफललाई टारेका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon