birat ribon

च्याम्पियन्स लिग : आज हुँदैछन् यी दुई खेल

Neuro
च्याम्पियन्स लिग : आज हुँदैछन् यी दुई खेल

विराटनगर / युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज अन्तिम १६ को दोस्रो लेगका दुई खेल हुँदैछन् । नेपाली समयानुसार राति १ः४५ बजे हुने दुवै खेलमा चारै टोली एक–अर्कामाथि जित निकाल्दै क्वार्टरफाइनल पुग्ने योजनामा हुनेछन् ।

आज स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब अटलान्टासँग खेल्दैछ । रियलकै मैदानमा हुने यस खेलमा घरेलु टोली बलियो अवस्थामा छ । यसअघि पहिलो लेगमा रियलले अटलान्टामाथि उसैको मैदानमा १–० गोलको जित निकालेको थियो ।

cura insider

यस्तै आजको अर्को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब मोन्चेनग्लाडबाचले खेल्दैछन् । हङ्गेरीस्थित पुस्कार एरिनामा हुने यस खेलमा सिटी टोली बलियो अवस्थामा छ । यसअघि पहिलो लेगमा सिटीले मोन्चेनग्लाडबाचमाथि २–० गोलको जित निकालेको थियो ।

च्याम्पियन्स लिगमा चार टोलीले क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् । पोर्चुगलको क्लब पोर्टोले इटालियन क्लब युभेन्टसलाई हराउँदै अन्तिम आठमा स्थान पक्का गर्दा जर्मन क्लब बोरुसिया डर्टमुण्डले स्पेनको सेभिल्लालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ ।

यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनको बार्सिलोनालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो भने इङ्ग्लिस क्लब लिभरपुलले जर्मनीको आरबी लेइपिजलाई हराएर अन्तिम आठमा स्थान पक्का गरेको हो ।

jackson ribon