birat ribon

एमालेमा खुल्यो वार्ताको ढोका

Neuro
एमालेमा खुल्यो वार्ताको ढोका

विराटनगर / सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा वार्ताको ढोका खुलेको छ । शीर्ष नेताहरू पार्टीभित्र देखिएको विवाद र समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्न सहमत भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि सोमबार प्रत्यक्ष छलफल भएको छ । उनीहरूको छलफलले वार्ता र संवादको ढोका खुलेकाले छिट्टै सहमति हुने विश्वास नेताले गरेका छन् । यद्यपि सोमबारको छलफलमा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा सहमति भने जुट्न सकेन । अध्यक्ष र वरिष्ठ नेताका साथ वार्तामा खटिएका नेताले भने वार्ता सकारात्मक भएको बताएका छन् ।

cura insider

ओली समूहले बिगत बिर्सिएर मिलेर अघि बढ्न, पार्टीका निर्णयलाई प्रतिष्ठाको विषय नबनाउन, पार्टी एकताका लागि राष्ट्रिय भेला रोक्न र चैत ७ गतेको बैठकमा सहभागी बन्न आग्रह गरेको छ । सबै कुरामा सहमति भए विगतका निर्णयलाई परिमार्जन गर्न सकिने ओली समूहको अडान छ ।

नेपाल समूहले भने फागुन २८ गतेको निर्णय खारेज गर्न, पार्टीका सबै कमिटी पूर्ववत् अवस्थामा फर्काउन र एकताबद्ध भएर अघि बढ्नुपर्ने माग राखेको छ । नभए राष्ट्रिय भेला जारी रहने यो समूहको अडान छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon