birat ribon

मेस्सीको कीर्तिमानी खेलमा बार्सिलोनाको शानदार जित, रियललाई उछिन्दै दोस्रो स्थानमा

Neuro
मेस्सीको कीर्तिमानी खेलमा बार्सिलोनाको शानदार जित, रियललाई उछिन्दै दोस्रो स्थानमा

विराटनगर / स्पेनिस ला लिगामा बार्सिलोनाले हुएस्कामाथि ४–१ गोलको जित दर्ता गराएको छ । सोमबार राति बार्सिलोनाले आफ्नै मैदानमा जित निकाल्दा कप्तान लियोनल मेस्सीले दुई तथा एन्टोइन ग्रिजम्यान र ओस्कार मिन्ङ्ग्एजाले समान एक–एक गोल गरे ।

हुएस्काका राफा मिरले एक गोल फर्काए ।

cura insider

क्याप नोउमा खेलको १३औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । उनले सर्जियो बुस्क्वेट्सको पासमा गोल गरेका थिए ।

३५औँ मिनेटमा ग्रिजम्यानले पेड्रीको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्ज्युरी सयममा राफा मिरले पेनाल्टीमा गोल गर्दै हुएस्कालाई खेलमा फर्काउने प्रयास गरे ।

५३औँ मिनेटमा मेस्सीको असिस्टमा मिन्ङ्गुएजाले गोल गर्दै बार्सिलोलाई ३–१ गोलको अग्रता दिलाए ।

खेलको ९०औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–१ गोलान्तरको जित दिलाए । उनले फ्रान्सिस्को ट्रिनकायोको पासमा गोल गरेका थिए ।

जितसँगै बार्सिलोना साविक विजेता रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । उसले २७ खेलमा ५९ अङ्क बनाएको छ । ५७ अङ्क भएको रियल मड्रिड तेस्रो स्थानमा छ ।

शीर्ष स्थानको एथ्लेटिकोसँग भने ६३ अङ्क छ ।

मेस्सीको कीर्तिमान

हुएस्कासँगको खेल खेलेसँगै बार्सिलोनाका कप्तान मेस्सीले पूर्वसहकर्मी जाभी हर्नान्डेजको कीर्तिमान बराबरी गरेका छन् । हुएस्काविरुद्धको खेल मेस्सीका लागि सात सय ६७औँ खेल थियो ।

यस खेल खेलेसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी गरेका हुन् । मेस्सीले बार्सिलोनाका लागि सात सय ६७ खेल खेलेका छन्, जसमा उनले छ सय ६१ गोल र दुई सय ९० असिस्ट गरेका छन् ।

जाभीले भने सात सय ६७ खेलमा ८५ गोल गोल र एक सय ८४ असिस्ट गरेका छन् ।

jackson ribon