birat ribon

रोनाल्डो रियल फर्किने जिदानको सङ्केत

Neuro
रोनाल्डो रियल फर्किने जिदानको सङ्केत

विराटनगर / रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बर्नाबेउ फर्किने सङ्केत गरेका छन् । च्याम्पियन्स लिगबाट बाहिरिएसँगै इटालियन क्लब युभेन्टस छोड्ने चर्चा चलिरहँदा जिदानले उनी पुनः रियल फर्किने सङ्केत दिएका हुन् ।

च्याम्पियन्स लिगमा अन्तिम १६ बाटै बाहिरिएपछि आलोचनाको सिकार बनेका रोनाल्डोले युभेन्टस छोड्ने चर्चा छ । युभेन्टस पोर्चुगिज क्लब पोर्टोसँग अवे गोलका आधारमा पराजित हुँदै च्याम्पियन्स लिगबाट आउट भएको थियो ।

cura insider

गत मङ्गलबार राति अन्तिम १६ अन्तर्गत पोर्चुगिज क्लब पोर्टोसँगको दोस्रो लेगमा जित निकाल्दा पनि अवे गोलका कारण युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । पहिलो लेगमा २–१ गोलले पराजित युभेन्टसले दोस्रो लेगमा ३–२ गोलको जित निकाल्दा समग्रमा ४–४ को नतिजा बनाएको थियो । तर, अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो ।

पोर्टोविरुद्धको खेलमा रोनाल्डो गोल गर्न असफल भएका थिए । पछिल्ला तीन सिजन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा युभेन्टस पछि परेको दोस्रो लेगमा कमब्याक गरेको देखिएको थियो । युभेन्टसलाई पुनरागमन गराउन क्रिस्टियानो रोनाल्डोको मुख्य भूमिका देखिएको थियो ।

रोनाल्डो इटाली आएकै सिजन एथ्लेटिको मड्रिडसँगको पहिलो लेगमा युभेन्टस २–० गोलले पछि परेको थियो । दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक गर्दै एथ्लेटिकोसँगको अग्रता उल्टाएका थिए ।

यस्तै अघिल्लो सिजन लियोनविरुद्धको अग्रता उल्टाउँदा पनि रोनाल्डोले दुई गोल गरेका थिए । पहिलो लेगमा युभेन्टस लियोनसँग १–० गोलले पछि परेको थियो । तर दोस्रो लेगमा युभेन्टसले २–१ गोलको जित निकाल्दा रोनाल्डोले नै दुवै गोल गरेका थिए । तथापि अवे गोलका कारण युभेन्टस अन्तिम १६ बाट नै बाहिरिएको थियो ।

तर, पोर्टोविरुद्ध कमब्याक गर्न नसकेको भन्दै उनको आलोचना भएको थियो । आलोचनासँगै उनले युभेन्टस छोड्ने चर्चा चुलिएको हो । यसै चर्चाका बीच रियलका प्रशिक्षक जिदानले युभेन्टस छोडेर पूर्वक्लब रियल फर्किने कुरा सत्य पनि हुनसक्ने भन्दै रोनाल्डो बर्नाबेउ फर्किन सङ्केत दिएका हुन् ।

‘रोनाल्डो रियल फर्किने हल्लाहरू साँचो पनि हुन्छन् ? पक्कै पनि यस्तो हुनसक्छ’, उनले अटलान्टाविरुद्धको खेलअघि भनेका छन्, ‘हामी रोनाल्डोलाई जान्दछौँ, हामीलाई राम्ररी थाहा छ कि उनले रोनाल्डोका लागि कतिसम्म गरेका छन् ।’

‘तर, अहिले उनी युभेन्टसका एक खेलाडी हुन् । उनले अर्कै क्लबका लागि खेलिरहेका छन् । हामी हेर्नेछौँ कि उनको भविष्य के हुनेछ भनेर’, उनले थपे ।

jackson ribon