birat ribon

नेपाल पक्षले ओलीसँगको वार्तामा भएका विषयबारे कार्यकर्तालाई जानकारी गरायो

Neuro
नेपाल पक्षले ओलीसँगको वार्तामा भएका विषयबारे कार्यकर्तालाई जानकारी गरायो

काठमाडौँ / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले धुमबाराहीमा अध्यक्ष केपी शर्मा ओली समूहसँगको वार्तामा भएका विषयबारे आफ्ना कार्यकर्तालाई जानकारी गराएको छ ।

पार्टी कार्यालय धुमबाराहीमा सोमबार दिउँसो अध्यक्ष ओलीपक्षसँग वार्ता गरेपछि नयाँवानेश्वरमा नेता नेपाल पक्षले आफ्ना समूहका कार्यकर्तासँग बैठक गरेको थियो ।

cura insider

बैठकमा धुमबाराही वार्तामा भएका कुराबारे कार्यकर्तालाई जानकारी दिइएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

उनले भने, “बैठक करिब २ घण्टा चल्यो । बैठकमा पार्टीलाई कसरी एकतावद्ध र सुदृढ गरेर लैजाने भन्नेबारे छलफल भयो । अदालतले जेठ दुईभन्दा अगाडि पार्टी एकीकरणपूर्वको अवस्थामा पुर्याएको छ । त्यही विन्दुबाट नै पार्टी अब अगाडि बढ्नुपर्छ । २३ गतेयताका सम्पूर्ण कामकारवाहीहरू शून्यमा झार्नुपर्छ र त्यसबाट मात्रै पार्टी एकताको स्प्रीड अघि बढ्छ भनेर हामीले भन्यौँ । खासगरी २८ गतेको बैठक बैठक नै होइन भनेर हामीले राख्यौँ । बैठकको निर्णय त बैठकले मात्रै रद्द गर्न सक्छ भन्ने पनि कुरा आयो । हामीले यो प्रस्ताव अमान्य छ भन्यौँ । बैठक गम्भीरतापूर्वक भयो तर कुरो मिलेन भनेर हामी निस्क्यौँ । त्यहीबारे हामीले आज जानकारी गराएको हो । ”

jackson ribon