birat ribon

शारीरिक अपाङ्गता भएकी युवती बलात्कार गरेको आरोपमा आठ वर्ष कैद

Neuro
शारीरिक अपाङ्गता भएकी युवती बलात्कार गरेको आरोपमा आठ वर्ष कैद

सङ्खुवासभा / शारीरिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा सङ्खुवासभाको जिल्ला अदालत चैनपुरले सिलिचोङ गाउँपालिका–१ का पेम्बा शेर्पालाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत चैनपुरले बालिका बलात्कार गरेको ठहर गर्दै उनलाई आठ वर्ष कैद सजायको फैसला गरेको हो । जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत १ गतेको इजलासले कसूर ठहर गर्दै आठ वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाएको अदालतका स्रेस्तेदार कविराज राउतले जानकारी दिए ।

cura insider

सोही फैसलाबाट पीडित बालिकाले पाउने गरी क्षतिपूर्ति बापत रु ५० हजार कसुरदारबाट असुल गरी राहत कोषमा जम्मा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार राउतले जानकारी दिए ।

शेर्पाले गत मङ्सिर १८ गते बलात्कार गरेको भन्दै आफन्तले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितका आफन्तको उजुरीका आधारमा आरोपित शेर्पालाई प्रहरीले सोही दिन पक्राउ गरेर अनुुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । रासस

jackson ribon