birat ribon

उत्तर कोरियासँग वार्ता गर्ने प्रयासमा अमेरिका

Neuro
उत्तर कोरियासँग वार्ता गर्ने प्रयासमा अमेरिका

विराटनगर / अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरेका छन् । अमेरिकी अधिकारीहरूका अनुसार गत फेब्रुअरी महिनायता बाइडन प्रशासनले उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरेका हुन् ।

अमेरिकी प्रयासका बाबजुत अहिलेसम्म प्योङ्याङबाट कुनै उत्तर प्राप्त हुन नसकेको बुभिएको छ । अधिकारीहरूका अनुसार बढ्दो तनावलाई रोक्न भन्दै वासिङ्टनले प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरेको थियो ।

cura insider

उत्तर कोरियाको परमाणु कार्यक्रम र विभिन्न क्षेप्यास्त्र कार्यक्रमका कारण दुई देशबीच लामो समयदेखि असहज सम्बन्ध रहँदै आएको छ ।

उत्तर कोरिया आणविक अस्त्र परित्याग गर्न सहमत होस् भन्ने अमेरिका र पश्चिमा मुलुकहरूको प्रमुख चाहना रहेको तर वार्ताका क्रममा सहमति बन्न नसकेपछि ती वार्ताले अपेक्षाकृत सफलता पाउन नसकेका हुन् । रासस

jackson ribon