birat ribon

हाजार्ड फेरि घाइते : अटलान्टासँगको खेल गुमाउने

Neuro
हाजार्ड फेरि घाइते : अटलान्टासँगको खेल गुमाउने

विराटनगर / स्पेनिस फुटबल क्लब रियल मड्रिडका फरवार्ड इडेन हाजार्ड पुनः घाइते भएका छन् । रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले हाजार्ड फेरि घाइते भएको पुष्टि गरेका हुन् ।

चोटका कारण पछिल्ला केही खेल गुमाएका हाजार्ड शनिबार राति इल्चेसँगको खेलबाट मैदान फर्किएका थिए । रियलले २–१ गोलको जित निकालेको खेलमा हाजार्डले १५ मिनेट मात्र खेलेका थिए ।

cura insider

पुनः दाहिने खुट्टामा चोट बोकेका हाजार्डले मङ्गलबार राति हुने अटलान्टासँगको खेल गुमाउने भएका छन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत अटलान्टासँगको दोस्रो लेगको खेल उनले गुमाउने छन् । तथापि उनले लामो समय मैदानबाहिर बस्नुपर्ने सम्भावना भने कम छ ।

jackson ribon