birat ribon

बम पड्किएपछि लहानस्थित मालपोत कार्यालयको काम ठप्प

Neuro
बम पड्किएपछि लहानस्थित मालपोत कार्यालयको काम ठप्प

लहान / बम विस्फोटका कारण सिरहाको लहानस्थित मालपोत कार्यालय ठप्प भएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले गराएको बम विस्फोटपछि सो कार्यालय ठप्प हुँदा कामकाज प्रभावित भएको हो ।

यस्तै त्रासका कारण कर्मचारी कार्यालय पुग्नसमेत डराइरहेका छन् । आइतबार दिउँसो बम विस्फोट हुँदा कार्यालयका एक कर्मचारीसहित आठ घाइते भएका थिए भने कार्यालयको पहिलो तल्लामा रहेको तीन काउन्टर क्षतिग्रस्त भएको हो ।

cura insider

कार्यालय प्रमुख दीपेन्द्र चौधरीका अनुसार प्रहरीसँग समन्वयमा कार्यालय भवनको सरसफाइ भइरहेको छ । बम विस्फोटपछि लागेको आगोले कार्यालयको महत्वपूर्ण कागजात जलेर नष्ट भएकाले कार्यालय सञ्चालनबारे तत्कालै केही भन्न नसकिने प्रमुख चौधरीको भनाइ छ ।

बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । रासस

jackson ribon