birat ribon

खोप लगाएपछि राष्ट्रपतिले भनिन्–बङ्गलादेश जानुपर्ने भएकाले पनि खोप लगाएँ

Neuro
खोप लगाएपछि राष्ट्रपतिले भनिन्–बङ्गलादेश जानुपर्ने भएकाले पनि खोप लगाएँ

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्ध खोप लगाएकी छन् । सोमबार उनले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर खोप लगाएकी हुन् ।

खोप लगाएपछि राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल पनि गरिन् । नयाँ भएको हुनाले केही शङ्का हुनु स्वभाविक भएपनि धेरै चरणको परीक्षणपछि मात्रै खोप आएकाले ढुक्क भएर खोप अभियानमा सहभागी हुन उनले सबैलाई आग्रह गरिन् ।

cura insider

अग्रपंक्तिमा रहेको, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच आफ्नो हुँदाहुदै पनि देशबाहिर जानुपर्ने भएकाले खोप लगाउन आएको पनि उनले स्पष्ट परिन् ।

‘मचाहिँ मेरै उमेर समूह पर्खिएर बसेकी थिएँ । मलाई एउटा मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने भो । टार्ने नसकिने भएका कारण मैले खोप लगाएँ । खोप नलगाइकन जाँदा मिश्रीत प्रतिक्रिया आउने भएकाले पनि खोप लगाएँ,’ उनले भनिन् ।

राष्ट्रपति भण्डारी आगामी ९ गते बङ्गलादेश जाँदैछिन् ।

jackson ribon