birat ribon

भारतमा करिब तीन करोडले लगाए खोप

Neuro
भारतमा करिब तीन करोडले लगाए खोप

विराटनगर / भारतमा हालसम्म करिब तीन करोडले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार हालसम्म करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् ।

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको थियो । भारतमा गत २४ घण्टामा २६ हजार दुई ९१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख ८५ हजारभन्दा बढी पुगेकोे छ ।

cura insider
jackson ribon