birat ribon

उपभोक्ता दिवसमा पत्रकार श्रेष्ठ सम्मानित

Neuro
उपभोक्ता दिवसमा पत्रकार श्रेष्ठ सम्मानित

विराटनगर/ विराटनगरका पत्रकार अनिल श्रेष्ठ सम्मानित भएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर पत्रकार श्रेष्ठ नगदसहित सम्मानित भएका हुन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर श्रेष्ठलाई सोमबार विराटनगरमा सम्मान गरेको हो ।

cura insider

सम्मानित भएका श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले कदर पत्र प्रदान गरे ।

सोही अवसरमा निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने विद्यार्थीहरू नगदसहित पुरस्कृत भएका थिए ।

विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ पारेर ‘उपभोक्ताको हकको कार्यान्वयनमा विद्यार्थीको भूमिका’ शीर्षकको निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो ।

उक्त प्रतियोगिताको प्रथम मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माविमा अध्ययरत रोशिका अधिकारी भइन् ।

यस्तै, द्वितीय विराटनगरको अरनिको स्कुलकी लुनाकिरण सापकोटा, तृतीय उर्लाबारीको सुनपकुवा माविका अञ्जान मिश्र र चौथो धनकुटाको गोकुण्डेश्वर माविका पुष्पदीप विश्वकर्मा भए । उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

jackson ribon