birat ribon

स्वर्गीय शर्माको योगदानको चर्चा

Neuro
स्वर्गीय शर्माको योगदानको चर्चा

काठमाडौँ / नेपाली काङ्ग्रेसका पूर्वनेता÷हरियाली नेपाल पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्वमन्त्री स्वर्गीय कुबेर शर्माप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो । कालिकास्थानस्थित सांस्कृतिक घरमा शनिबार नेता शर्माप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति प्रकाशमान सिंहले २०४६ सालमा भएको बहुदलीय प्रजातन्त्र प्राप्तिको आन्दोलनमा शर्माले अग्रमोर्चामा रहेर सङ्घर्ष गरेको स्मरण गरे । उक्त कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले तराइ–मधेस, हिमाल, पहाड सबैलाई मिलाएर अघि बढाउन सक्ने कुशल तथा बुद्धिजीवी नेताका रूपमा शर्माको स्मरण गरे ।

cura insider

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले शर्माजस्तो नेता नेपालमा धेरै कम रहेको बताइन् । शर्मा बुद्धिजीवी र सक्षम नेता भएको उनले बताइन् । कार्यक्रममा राजनीतिक दलका अन्य नेता, विभिन्न क्षेत्रका बुद्धिजीवीलगायतले नेपाली राजनीतिमा शर्माको योगदानबारे चर्चा गरेका थिए ।

jackson ribon