birat ribon

मिस्टर एण्ड मिस थारूको भोटिङ खुला, चैत १३ मा ग्रान्ड फिनाले

Neuro
मिस्टर एण्ड मिस थारूको भोटिङ खुला, चैत १३ मा ग्रान्ड फिनाले

काठमाडौँ / तेस्रो संस्करणको मिस्टर एन्ड मिस थारू २०२१ का लागि भोटिङ खुला गरिएको छ । प्रतियोगिताको ग्रान्ड फिनाले नजिकिएसँगै भोटिङ पनि खुला गरिएको हो ।

वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगितामा मिस्टर थारूतर्फ १५ जना र मिस थारूतर्फ १७ जना अन्तिम प्रतिस्पर्धामा छन् । उनीहरूलाई अहिले काठमाडौँमा प्रशिक्षण गराइरहेको जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए ।

cura insider

प्रशिक्षण चलिरहँदा भोटिङ लाइन पनि खुला गरिएको प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए । उनका अनुसार खल्ती एपबाट आफूलाई मनपर्ने प्रतिस्पर्धीहरूलाई भोट गर्न सकिन्छ । यस भोटबाट प्रतिस्पर्धीहरूलाई टप आठसम्म पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धीले ‘खल्ती पब्लिक च्वाइस अवार्ड’ प्राप्त गर्ने प्रबन्ध निर्देशक चौधरीले जानकारी दिए ।

प्रतिस्पर्धीहरूको फागुन १४ गतेदेखि काठमाडौँमा प्रशिक्षण चलिरहेको छ । महिला तथा पुरुष दुवैतर्फका प्रतिस्पर्धीहरूलाई मिस इन्टरनेसनल २०१८ रोनाली अमात्यले योगासम्बन्धी प्रशिक्षण दिएकी छन् भने मिस इन्टरनेसनल वर्षा लेखीले वातावरण र मिस नेपालको यात्राबारे अनुभव साटेकी थिइन् । यस्तै स्वस्तिका राजभण्डारीले मेकअप, प्रिया रानी लामाले कोरियोग्राफी सम्बन्धी प्रशिक्षण दिएकी छन् । सञ्जय काफ्लेले आधुनिक कृषिका बारेमा प्रशिक्षण दिएका थिए । मिस्टर एन्ड मिस थारूकी मेन्टर निश्मा चौधरीले पूरै प्रशिक्षण समय अवधिभर विभिन्न विधामा प्रशिक्षण दिइरहेकी छन् ।

प्रशिक्षण अवधिमै यही चैत ७ गते ट्यालेन्ट राउन्डसमेत आयोजना गरिने इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए ।

प्रतियोगिताको फाइनल चितवनको खैरहनीस्थित डिज्नी पार्क रिसोर्टमा चैत १३ गते हुनेछ । प्रतियोगिताको फाइनललाई भव्य बनाउने गरी तयारी भइरहेको वाइएसी इभेन्टका इभेन्ट म्यानेजर जयस चौधरीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेन्ड रनरअपले २० हजार र विभिन्न उपहारहरू प्राप्त गर्ने इभेन्ट म्यानेजर सुदिप चौधरीले जानकारी दिए ।

थारू समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारू युवाहरूले सन् २०१७ देखि यस प्रतियोगिताको सुरुवात गरेका हुन् । यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारू चन्दन चौधरी र मिस थारू जेनिसा चौधरी भएका थिए भने दोस्रो संस्करणको मिस्टर थारू रविन चौधरी र मिस थारू आकृति चौधरी भएका थिए ।

jackson ribon