birat ribon

मेस्सीले आफ्नो रेकर्डसँग बराबरी गर्न लागेपछि निराश भए जाभी

Neuro
मेस्सीले आफ्नो रेकर्डसँग बराबरी गर्न लागेपछि निराश भए जाभी

विराटनगर / स्पेनिस ला लिगामा आज बार्सिलोनाले हुएस्कासँग खेल्दैछ । क्याप नोउमा हुने यस खेल नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुनेछ । यस खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी भने पूर्वसहकर्मी जाभी हर्नान्डेजको कीर्तिमान बराबरी गर्ने दाउमा छन् ।

हुएस्काविरुद्धको खेल मेस्सीका लागि सात सय ६७औँ खेल हुनेछ । यस खेल खेलेसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी गर्ने छन् ।

cura insider

मेस्सीले हाल बार्सिलोनाका लागि सात सय ६६ खेल खेलेका छन्, जसमा उनले छ सय ५९ गोल र दुई सय ८९ असिस्ट गरेका छन् । जाभीले भने सात सय ६७ खेलमा ८५ गोल गोल र एक सय ८४ असिस्ट गरेका छन् ।

मेस्सीले आफ्नो रेकर्डसँग बराबरी गर्न लागेपछि जाभी निराश देखिएका छन् । आफ्नो रेकर्ड सधैँ मेस्सीले तोड्ने उल्लेख गर्दै जाभीले उनी त्यसको हकदार पनि भएको बताए ।

‘लियोले प्रायः मेरा कीर्तिमान तोडिरहेका छन् । उनले बार्सिलोना नछोडेसम्म यो क्रम जारी रहन्छ । यो स्पष्ट छ कि उनले अझै धेरै खेल खेल्नेछन् । उनी जवान छन् र निरन्तरता दिइरहनेछन्,’ उनले भने ।

‘उनले मेरो कीर्तिमान तोडिरहँदा म निराश छु । तर उनी त्यसको हकदार पनि हुन् । यो प्रष्ट छ कि उनी इतिहासकै उत्कृष्ट खेलाडी हुन् । उनले बार्सिलोनालाई धेरै पटक बचाएको छन्,’ उनले थपे ।

jackson ribon