birat ribon

आमाको दूधले पनि नवजात शिशुमा जन्डिसको सम्भावना

Neuro
आमाको दूधले पनि नवजात शिशुमा जन्डिसको सम्भावना

विराटनगर / नवजात शिशुको जन्डिस वा छाला र आँखाको सेतो भाग पहेँलो हुनुलाई सामान्य अवस्था मानिन्छ ।

करिब ६० प्रतिशत शिशुमा जन्मेको केही दिनपछि जन्डिस हुने बताइन्छ । यो रगतमा बिलिरुबिन नामक प्राकृतिक पदार्थमा वृद्धि भएको कारणले हुनेगर्छ । राता रक्तकोषहरू टुक्रिएपछि निस्कने पहेँलो तत्वलाई बिलिरुबिन भिनिन्छ ।

cura insider

नवजात शिशुको कलेजोले अतिरिक्त बिलिरुबिनलाई निष्कासन गर्न नसक्ने भएकाले रगतमा बिलिरुबिन मिसिन जान्छ । बिलिरुबिनको मात्रा धेरै भएमा यो छालामा देखिन थाल्छ । जसकारण छाला वा आँखा पहेँलो देखिने हुन्छ ।

आमाको दूधले पनि जन्डिस गराउँछ भन्नेबारे धेरै व्यक्तिहरूलाई थाहा नहुनसक्छ । स्तनपान गर्ने कुनै शिशुमा आमाको दूधले एक हप्तापछि पनि जन्डिस गराउन सक्छ । जसलाई ब्रेस्टमिल्क जन्डिस भनिन्छ । उक्त जन्डिसले शिशुलाई कुनै प्रकारको असर गर्दैन । र, यो १२ हप्तासम्म रहन सक्छ । पछि आफैँ हराएर जान्छ ।

ब्रेस्टमिल्क जन्डिस हुने सही कारण थाहा छैन । यो आमाको दूधमा हुने पदार्थसँग सम्बन्धित हुन्छ, जसले शिशुको कलेजोमा बिलिरुबिन टुक्राउँदा केही प्रोटिनहरूलाई रोक्छ । ब्रेस्टमिल्क जन्डिस स्तनपानका कारण भएको हँुदैन । ब्रेस्टमिल्क जन्डिस स्तनपानको साथ सङ्घर्ष गरिरहेका र पर्याप्त दूध प्राप्त नगरेका नवजात शिशुहरूमा मात्र विकसित हुन्छ ।

छाला र आँखाको सेता भाग पहेँलो हुनु, थकान, तौल कम हुनु, अत्यधिक रुवाइ ब्रेस्ट मिल्क जन्डिसका लक्षण हुन् । ब्रेस्ट मिल्क जन्डिस हुने अन्य कारण थाहा नभए पनि पारिवारिक इतिहास भएका र अनुवांशिकीका कारण जोखिम बढ्ने गरेको बताइन्छ । यो समस्यालाई घरमै उपचार गर्न सकिन्छ । यस्तो अवस्थामा स्तनपानलाई निरन्तरता दिनुपर्छ ।

jackson ribon