birat ribon

बेन्जेमाले पिचिची जित्ने सम्भावना कायमै

Neuro
बेन्जेमाले पिचिची जित्ने सम्भावना कायमै

विराटनगर / शनिबार राति इल्चेविरुद्ध दुई गोल गरेसँगै रियल मड्रिडका फरवार्ड करिम बेन्जेमाले पिचिची अवार्डको सम्भावना कायमै राखेका छन् । रियलले ला लिगाअन्तर्गत इल्चेमाथि २–१ गोलको जित निकाल्दा फ्रेन्च स्ट्राइकरले दुई गोल गरेका थिए ।

आफ्नै मैदानमा रियलको जितमा नायक बनेका बेन्जेमा यी दुई गोलसँगै पिचिची अवार्डको दौडमा बलिया देखिएका छन् । बेन्जेमाले यस सिजन ला लिगामा १५ गोल गरेका छन् । उनी शीर्ष गोलकर्ताको सूचीमा पहिलो स्थानमा रहेका बार्सिलोनाका कप्तान लियोनल मेस्सीभन्दा मात्र चार गोलले पछि परेका छन् ।

cura insider

अर्जेन्टिनी स्टार मेस्सीले १९ गोल गरेका छन् । तथापि, मेस्सीले तीन गोल पेनाल्टीमै गरेका छन् । यता, शीर्ष गोलकर्ताको तेस्रो स्थानमा रहेका बेन्जेमाले भने पेनाल्टी प्रहार गर्ने मौका पाएका छैनन् ।

समान गोलसँगै भिल्लारियलका जेरार्ड मोरेनो तेस्रो स्थानमै छन् । मोरेनोले १५ मध्ये छ गोल पेनाल्टीमा गरेका छन् । दोस्रो स्थानमा एथ्लेटिको मड्रिडका लुइस स्वारेज छन् । उनले पेनाल्टीमा तीनसहित १८ गोल गरेका छन् ।

सेभिल्लाका युसेफ एन–नेसिरी १४ गोलसहित चौथो स्थानमा छन् ।

jackson ribon