birat ribon

ट्राफिक नियम मिच्ने सवारीसाधन कारवाहीमा

Neuro
ट्राफिक नियम मिच्ने सवारीसाधन कारवाहीमा

सिरहा / विगत एक महिनाको अवधिमा अस्थायी ट्राफिक प्रहरी पोस्ट गोलबजारले ट्राफिक नियम उल्लङ्घन गर्ने आठ सय ५० भन्दा बढी सवारीसाधनलाई कारवाही गरेको छ ।

गत फागुन १ देखि २९ गतेसम्मका अवधिमा आफ्नो क्षेत्रबाट पाँच लाख १० हजार राजश्व सङ्कलन गरिएको छ । ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेको अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक सुरेशप्रसाद यादवले जानकारी दिए ।

cura insider

ओभरलोड, प्रायोजन विपरीत प्रयोग भएका सवारीसाधन, दुई जनाभन्दा बढी चढेका तथा हेल्मेट नलगाई चलाएका मोटरसाइकललगायत सवारीसाधनलाई कारवाही गरिएको उनले बताए ।

jackson ribon