birat ribon

कृष्ण काइदाको कभर गीतको भिडियो बजारमा

Neuro
कृष्ण काइदाको कभर गीतको भिडियो बजारमा

हङकङ / गायक कृष्ण काइदाको ‘निष्ठुरी भन्छ्यौ किन मेरी मायालु’को कभर गीतको भिडियो बजारमा आएको छ । हङकङ निवासी काइदाले ब्रिटिस फोर्स ब्रोडकास्ट सर्भिसमा सबै लाहुरे समुदाय तथा नेपालीहरूको मन जित्न सफल चार दशक पुरानो गीतलाई कभर गीतको रूपमा प्रस्तुत गरेका हुन् ।

काइदाको स्वरमा रहेको कभर गीतको बाद्यबादनमा हङकङका स्थानीय कलाकारहरू भीम पुन (पूर्व नेपथ्य ड्रमर), रक डोजान लिम्बु, कुल गुरुङ र रोशन थापाको साथ रहेको छ भने प्रविधिमा मीन विष्ट, कुमार थापा, विनोद मेख्खु र दिनेश सुब्बा (हिमालय टोन्स हङकङ) को सहयोग रहेको छ । यसअघि पनि काइदाले अरुण थापाको ‘कतै टाढा तिमीबाट’ गीत कभर गीतको रूपमा गाइसकेका छन् ।

cura insider

‘निष्ठुरी भन्छ्यौ किन मेरी मायालु’ गीत पोखरा रामबजार घर भएका भूपू ब्रिटिस आर्मी देव गुरुङको शब्द, स्वर र सङ्गीतमा रहेको छ ।

jackson ribon