birat ribon

भारत र इङ्ग्ल्याण्डबीचको खेलको पिच औसत भएको ठहर

Neuro
भारत र इङ्ग्ल्याण्डबीचको खेलको पिच औसत भएको ठहर

विराटनगर / भारत र इङ्ग्ल्याण्डबीचको दुई दिनमै सकिएको तेस्रो टेस्ट म्याच खेलाइएको पिच औसत पाइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले उक्त खेलको पिच औसत भएको ठहर गरेको हो ।

अहमदाबादस्थित मोटेरा रङ्गशालामा दुई दिनमै टेस्ट खेल सम्पन्न भएपछि पिचलाई लिएर सर्वत्र आलोचना भएको थियो । दुई दिनमै टेस्ट खेल सम्पन्न भएपछि पाँच दिनसम्म चल्नेगरी तय गरिएको स्वरूपमाथि नै चुनौती थपिएको थियो ।

cura insider

उक्त टेस्ट खेल भारतले जितेको थियो । सो टेस्ट खेलमा बलरले कुल ३० विकेट लिएकोमा २८ विकेट स्पिनरको खातामा गएको थियो । अक्षर पटेलले ११ र रविचन्द्रन आश्विनले सात विकेट लिएका थिए । इङ्ग्ल्याण्डका कप्तान जोइ रुटले भने पहिलो पारीमा पाँच विकेट लिएका थिए ।

उक्त खेल १४०.२ ओभरमा सकिएको थियो । इङ्ग्ल्याण्डले पहिलो पारीमा एक सय १२ र दोस्रो पारीमा ८१ रनमा समेटिएको थियो । भारतले भने पहिलो पारीमा एक सय ४५ मा समेटिँदा दोस्रो पारी बिना कुनै क्षतिमा ४९ रन बनाएर लक्ष्य पूरा गरेको थियो ।

उक्त टेष्ट खेल सन् १९३५ पछि पहिलोपटक सबैभन्दा छिटो सम्पन्न भएको थियो । तेस्रो टेस्ट खेलमा जितसँगै भारतले शृङ्खलामा २–१ को अग्रता लियो ।

आइसिसीका म्याच रेफ्री जयभागल श्रीनाथले मूल्याङ्कन गरेका थिए । तेस्रो टेस्ट खेल अहमदाबादमा खेलाइएको थियो । चेन्नइमा सम्पन्न भएको दोस्रो टेस्ट खेल चार दिनमै सम्पन्न भएको थियो । उक्त पिचसमेत औसत रेटिङ्स पाएको आइसिसीले जनाएको छ ।

jackson ribon