birat ribon

नयाँ आयोजना प्रस्ताव नगर्न अन्य मन्त्रालयलाई अर्थको आग्रह

Neuro
नयाँ आयोजना प्रस्ताव नगर्न अन्य मन्त्रालयलाई अर्थको आग्रह

काठमाडौँ / अर्थ मन्त्रालयले आगामी वर्ष २०७८–७९ को बजेटमा नयाँ आयोजनाहरू प्रस्ताव नगर्न मन्त्रालयहरूलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयहरूसँग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो ।

अर्थ मन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्तावभन्दा पनि अघिल्लो आर्थिक बर्षका क्रमागत आयोजना नै समयमै सम्पन्न गर्न मन्त्रालयहरूलाई आग्रह गरेको हो । छलफलमा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले अघिल्ला आर्थिक वर्षको क्रमागत आयोजना नै सम्पन्न गर्ने विषयलाई प्राथमिकताका साथ राखी सोही अनुरूप योजना तर्जुमा गर्न आग्रह गरे । उनले अगाडि नबढाई नहुने आयोजना भने अध्ययनका लागि प्रस्ताव गरेर अगाडि बढाउन सकिने बताए ।

cura insider

अर्थ मन्त्रालयले सरकारले उपलब्ध गराउने ससर्त अनुदानको बारेमा भने त्रिपक्षीय छलफल गरेर मात्र योजना बनाउने भएको छ । ससर्त अनुदानमा सञ्चालित आयोजनाको कार्यान्वयन प्रभावकारी नभएको र अपनत्व पनि कसैले नलिएका कारण अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र प्रदेशसँग छलफल गरेर मात्र अगाडि बढाउने महाशाखा प्रमुख शर्माले जानकारी दिए ।

अर्थ मन्त्रालयले कार्यसञ्चालन खर्चमा समेत मितव्ययीता अपनाउन आग्रह गरेको छ । सरकारले आगामी बजेटमा कार्यसञ्चालनसम्बन्धी बजेट वृद्धि नगर्ने भएकाले मन्त्रालयहरूलाई बजेट नबढाउन आग्रह गरिएको हो ।

बजेटपूर्वको छलफलमा विभिन्न मन्त्रालयका सचिव, योजना तथा कार्यक्रम प्रमुखहरूले आ–आफ्नो मन्त्रालयबारे धारणा राखेका थिए ।

jackson ribon