birat ribon

अनुचित व्यापारिक क्रियाकलापविरुद्ध उजुरी गर्न आग्रह

Neuro
अनुचित व्यापारिक क्रियाकलापविरुद्ध उजुरी गर्न आग्रह

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले महानगरभित्रका अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

सोमबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बजारमा खाद्यपदार्थको मिसावटलाई नियन्त्रण गर्न र स्वास्थ्यमा हानी पुर्‍याउने वस्तुको बिक्री वितरणलाई नियन्त्रण गर्नका लागि अनुचित व्यापारिक क्रियाकलापविरुद्ध उजुरी गर्न आग्रह गरेकी हुन् ।

cura insider

उनले महानगरपालिकाले सक्रिय रुपमा बजार अनुगमन गरिरहेको पनि बताइन् । बजारलाई गुणस्तरीय र स्वच्छ बनाउनका लागि स्थायी ल्याब सञ्चालनको तयारीमा रहेको पनि उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘बजारलाई गुणस्तरीय, स्वच्छ र प्रतिस्पर्धात्मक बनाउने हेतुले मोवाइल ल्याव, भ्यान र एउटा स्थायी ल्याब सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।’

उपमेयर खड्गीले आफ्नो व्यवसायले कानुनी प्रक्रिया परा गरे/नगरेकोमा समेत सचेत हुन ध्यानाकर्षण गराइन् । गुणस्तरीय सामान उत्पादनमा उत्पादकको मात्रै भूमिका नहुने भन्दै उनले ढुवानी, भण्डारण, बिक्री वितरणमा जोडिएका सबै पक्ष र उपभोक्ता पनि सचेत र जिम्मेवार हुनुपर्ने बताइन् ।

jackson ribon