birat ribon

महिलामा मुटुरोगको जोखिम बढाउने केही कारण

Neuro
महिलामा मुटुरोगको जोखिम बढाउने केही कारण

विराटनगर / मुटुसम्बन्धी रोग हरेकका लागि ठूलो जोखिममध्ये एक हो ।

मुटुको रोग जोकोहीलाई पनि हुनसक्छ । मोटोपना, कोलेस्ट्रोल, उच्च रक्तचाप महिला र पुरुषमा हुने मुटुरोगको मुख्य कारण हुन् । तर, यी कारणबाहेक महिलामा अन्य धेरै कारणले मुटुको समस्या निम्तिन सक्छ । अन्य धेरै कारणले मुटुमा असर पर्ने भए पनि तनाब मुटुरोगको कारण हुनसक्छ । तनावले मुटुलाई सीधा क्षति पु¥याउँदैन तर, तनाबले अन्य थुप्रै समस्या निम्त्याउन सक्छ जुन हृदय रोगको लागि महत्वपूर्ण जोखिम कारक हुनसक्छ ।

cura insider

गम्भीर टाउको दुखाइ, खान मन नलाग्ने, सास फेर्न गाह्रो हुने, छाती भारी हुने, मुटुको चाल बढ्ने, ध्यान वा एकाग्रतामा कमी, निद्रामा समस्या, काममा मन नलाग्ने, नकारात्मक सोचाइ तनाबको सङ्केत हुनसक्छ । तनाव र डिप्रेसनले पुरुषको मुटुभन्दा पनि महिलाको मुटुमा अधिक हानी पुर्‍याउन सक्छ ।

मधुमेह भएका महिलामा मधुमेह भएका पुरुषभन्दा मुटुको रोग हुने सम्भावना बढी हुन्छ । लक्षणबिना हुने मधुमेहले साइलेन्ट हृदयघातको बढी जोखिम बढाउन सक्छ । गर्भावस्थामा हुने उच्च रक्तचाप वा मधुमेहको समस्याले भविष्यमा आमामा उच्च रक्तचाप र मधुमेहको दीर्घकालीन जोखिमलाई बढाउन सक्छ । जुन हृदय रोगको कारण बन्न सक्छ ।

महिनावारी रोकिएपछि (मेनोपजपछि) एस्ट्रोजेन हर्मोनको कम स्तरले साना रक्तबाहिकामा रोगको विकास गराउँछ । पुरुषहरूमा भन्दा धुम्रपान महिलामा हृदय रोगका लागि बढी जोखिमको कारक हो । शारीरिक गतिविधिको कमी वा निस्क्रियता पुरुष र महिला दुबैमा मुटु रोगको जोखिम बढाउने कारण हो । तर, पुरुषको तुलनामा महिला धेरै निस्क्रिय हुने बताइएको छ ।

प्रारम्भिक हृदय रोगको पारिवारिक इतिहास पुरुषमा भन्दा महिलामा बढी जोखिम कारक देखिन्छ । युर्माटोइड अर्थराइटिस, लुपस र अन्य विभिन्न सुन्निने समस्याले पुरुष र महिला दुबैमा हृदय रोगको जोखिम बढाउन सक्छ ।

jackson ribon