birat ribon

मुस्लिम समुदायको थर सूचिकृत गरिने

Neuro
मुस्लिम समुदायको थर सूचिकृत गरिने

काठमाडौँ / राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचिकृत गर्ने भएको छ ।

मुस्लिम समुदायभित्र विभिन्न थरहरु रहेका कारण समुदायलाई पहिचान गर्नसमेत गाह्रो भएको भन्दै मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचिकृत गर्ने भएको हो । सोमबार राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ को विषयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै आयोगले मुस्लिम समुदायको थर सूचिकृत गर्ने बताएका हुन् ।

cura insider

थर सूचिकृत गर्नका निम्ति आर्थिक वर्ष २०७६÷०७७ मा मोरङ, सुनसरी, सप्तरी, पर्सा, बाँके र पाल्पामा अध्ययनसमेत भएको उनले बताए । हालसम्म ४५ वटा थर फेला पारेको र थप अध्ययन गरेर सार्वजनिक गर्ने उनको भनाइ छ ।

राष्ट्रिय मुस्लिम आयोगले २०७६/०७७ मा मुस्लिम समुदायको जनसङ्ख्या बढी भएका ११ जिल्लाका ९१ जना महिला र ७५ जना पुरुष गरी एक सय ३१ जनालाई सिलाइकटाइ तालिम, ब्युटीपार्लर तालिम तथा सवारीसाधन मर्मत तालिम प्रदान गरेको जनाएको छ । त्यसैगरी ५२ जनालाई लोकसेवा तयारी कक्षा सञ्चालन गरेको अध्यक्ष अन्सारीको भनाइ छ ।

मदरसाको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको अध्ययन गरी मोरङ, सुनसरी, रौतहट, पर्सा, दाङ र स्याङ्जाका दुई सय ३६ मदरसासम्बन्धी तथ्यांक र सूचनाहरु सङ्कलन गरिएको पनि उनले बताए । मदरसामा पढ्दै गरेका विद्यार्थी छात्राहरूलाई बाहिरको सरकारी तथा निजी विद्यालयमा पढ्दा पोशाकको असहजता भएको भन्ने जनगुनासोको सम्बन्धमा छात्राहरूलाई सहज हुने पोशाक लगाउन वातावरण बनाइदिन शिक्षा मन्त्रालयलाई अनुरोध गरेको पनि उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/०७७ मा आयोगलाई प्राप्त भएको पाँच करोड छ लाख ८३ हजार छ सय २८ रुपैयाँमध्ये दुई करोड ५१ लाख ६४ हजार नौ सय ९४ रुपैयाँ ९२ पैसा खर्च भएको आयोगले जानकारी दिएको छ ।

jackson ribon