birat ribon

तेलगु फिल्म ‘आरआरआर’को पोस्टर सार्वजनिक

Neuro
तेलगु फिल्म ‘आरआरआर’को पोस्टर सार्वजनिक

विराटनगर / बहुप्रतिक्षित तेलुगु फिल्म आरआरआरबाट नायिका आलिया भट्टको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । उनको २८ औँ जन्मदिनको अवसर पार्दै निर्माण टिमले पोस्टर सार्वजनिक गरेका हुन् ।

आरआरआर आलियाको पहिलो प्यान इन्डियन फिल्म हो । सार्वजनिक भएको उक्त पोस्टरमा आलियालाई ‘सीता’को भूमिकामा प्रस्तुत गरिएको छ । फिल्मलाई एसएस राजामौलीले निर्देशन गरेका हुन् ।

cura insider

फिल्ममा रामचरण तेजा र जुनियर एनटीआर मुख्य भूमिकामा छन् । यो फिल्म तेलुगु, तमिल, हिन्दी, मल्यालम र कन्नड गरी पाँच भाषामा एकसाथ प्रदर्शन हुनेछ । कोरोना महामारीका कारण रिलिज मिति स्थगित भएको फिल्म आरआरआर आगामी १३ अक्टुबरमा रिलिज हुनेछ ।

jackson ribon