birat ribon

नान्टेसविरुद्ध मैदानमा रहेका बेला डी मारियाको घरमा चोरी

Neuro
नान्टेसविरुद्ध मैदानमा रहेका बेला डी मारियाको घरमा चोरी

विराटनगर / अर्जेन्टिनी स्टार खेलाडी एन्जल डी मारियाको घरमा चोरी भएको छ । आइतबार राति लिग वानअन्तर्गत नान्टेससँगको खेल खेलिरहँदा पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड डी मारियाको घरमा चोरी भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

साविक विजेता पिएसजी गए राति भएको खेलमा आफनै मैदानमा नान्टेससँग २–१ गोलले स्तब्ध भएको थियो । घरेलु मैदानमा पिएसजीले सुरुआती अग्रता बनाएको थियो । ४२औँ मिनेटमा जुलियन ड्राक्जलरले गोल गर्दै पिएसजीलाई पहिलो हाफभरि अग्रता दिलाए ।

cura insider

५९औँ मिनेटमा रान्डल कोलोले गोल गर्दै नान्टेसलाई बराबरीमा फर्काए । मोसेस सिमोनले ७१औँ मिनेटमा गोल गरेपछि नान्टेस २–१ गोलले विजयी भयो ।

यस खेलका क्रममा मैदानमा रहेका डी मारियालाई अकस्मात परिवर्तन गरिएको थियो । मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले खेलको ६२औँ मिनेटमा उनको स्थानमा लेयन्द्रो पेरेडेसलाई मैदान प्रवेश गराएका थिए ।

डी मारियालाई बेन्चमा बोलाउनुका कारण भने उनको घरमा भएको चोरी नै थियो । मैदानबाट बाहिरिएलगत्तै डी मारियालाई घरमा चोरी भएको खबर सुनाइएको थियो ।

डी मारियाको सम्पत्तीमा आक्रमण भएको कुरा पहिलो हाफभरि कसैलाई थाहा थिएन । ‘यो कुनै ठूलो कुरा थिएन तर यो कुरा सुनेर म थकित भएँ’, खेलपछि बोल्दै डी मारियाले भने, ‘यो कुरा हामीले मैदानबाहिर ड्रेसिङ रुममा पनि गर्न सक्थ्यौँ ।’

jackson ribon