birat ribon

विराटनगरमा आकाशेपुलको शिलान्यास

Neuro
विराटनगरमा आकाशेपुलको शिलान्यास

विराटनगर / विराटनगरमा आकाशे पुलको शिलान्यास भएको छ । सोमबार विराटनगर महानगर प्रमुख भीम पराजुलीले बरगाछी चोकमा बन्न लागेकाे आकाशे पुलको शिलान्यास गरेका हुन् ।

विराटनगरमा सवारी साधनको चाप बढ्न थालेपछि दुई करोड ३९ लाख लागतमा महानगरपालिले एकैसाथ तीन वटा आकाशेपुल निर्माण गर्न लागेको हो ।

cura insider

नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड (घाँसचोक) गरी तीन ठाउँमा आकाशे पुल निर्माण हुन लागेको हो ।

विराटनगरको कञ्चनबारी चोकमा ७८ लाख, बरगाछी चोकमा ६८ लाख र भट्टीचोकमा ९३ लाख रुपैयाँ लागतमा सो पुल निर्माण गर्न लागिएको हो ।

May be an image of 2 people and outdoors

jackson ribon