birat ribon

बालबालिकाको शारीरिक र मानसिक विकासका लागि यी खानामा ध्यान दिन जरुरी

Neuro
बालबालिकाको शारीरिक र मानसिक विकासका लागि यी खानामा ध्यान दिन जरुरी

विराटनगर / चारदेखि पाँच वर्षको उमेरका बच्चाहरू उर्जाले भरिएका हुन्छन् ।

यस उमेरका बालबालिकाको शारीरिक र मानसिक विकासका लागि आवश्यक पौष्टिक खानाको विषयमा ध्यान पुर्‍याउनु पर्छ । उनीहरूले दैनिक खाने आहारमा क्याल्सियम, प्रोटिन, क्यालरीलगायत सबै चाहिने पोषक तत्व ठिक्क मात्रामा हुनुपर्छ । साना बच्चाहरूलाई के खुवाउने, कसरी खुवाउने सजिलो काम भने पक्कै हुँदैन ।

cura insider

बालबालिकाको दैनिक खानामा दूध, ध्यु, पनिर, दही, चिज, स्याउ, केरा, मेवा लगायतका कुनै एक मौसमी फल, अण्डा तथा मासु वा माछा र ड्राइ फ्रुट्समा हाडे बदाम, किसमिस, छोगडा र ओखर समावेश गर्नुहोस् । बच्चा होस् वा वयस्क अत्यधिक खानु कसैका लागि पनि उपयुक्त हुँदैन । बच्चाको खाना खाने समयमा कम्तिमा तीनदेखि पाँच घण्टाको फरक हुनुपर्छ ।

बालबालिकालाई खाना खाएपछि पनि बीचबीचमा लाग्ने साना भोकलाई हटाउनका लागि उनीहरूलाई स्वस्थ खाजा खुबाउनु पर्छ । अमेरिकी हार्ट एसोसिएसनद्वारा चारदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाका लागि दैनिक १२ सयदेखि १४ सय क्यालरी, २५ देखि ३० प्रतिशत फ्याट, ८५ देखि एक सय १५ मिलिग्राम मासु वा गेडागुडी, एकदेखि १.५ कप फलफूल, एकदेखि १.५ कप तरकारी, एक सय १५ देखि एक सय ४० मिलिग्राम अन्न र डाक्टरको सल्लाहअनुसार दुग्ध पदार्थको सेवन गराउनुपर्छ ।

रात वा साँझको समयमा बच्चालाई फलफूल वा जुसको सेवन गर्न दिनु हुँदैन । यसले उनीहरूमा कफको समस्यालाई बढाउन सक्छ । खेल्ने क्रममा बच्चाहरू पानी पिउन बिर्सने गर्छन् । त्यसकारण हरेक दुईदेखि तीन घण्टामा बच्चालाई पानी, तरल पदार्थ वा सुपको सेवन गराइरहनु पर्छ । राती सुत्ने समयमा एक गिलास दुधको सेवन गराउन सकिन्छ । चिनी वा अत्यधिक गुलियोको सेवनले दाँतमा समस्या हुनसक्ने हुँदा गुलियोको सेवन गराउने बानी बसाउनु हुँदैन ।

jackson ribon