birat ribon

रियललाई उछिन्ने बार्सिलोनाको दाउ, मेस्सीलाई जाभीको रेकर्ड तोड्ने अवसर

Neuro
रियललाई उछिन्ने बार्सिलोनाको दाउ, मेस्सीलाई जाभीको रेकर्ड तोड्ने अवसर

विराटनगर / स्पेनिस ला लिगामा आज बार्सिलोनाले हुएस्कासँग खेल्दैछ । क्याप नोउमा हुने यस खेल नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

यस खेलमा बार्सिलोना रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थानमा उक्लिने दाउमा हुनेछ । हाल ऊ ५६ अङ्कसहित तेस्रो स्थानमा छ । ५७ अङ्क भएको रियल मड्रिड दोस्रो स्थानमा छ । साविक विजेता रियलले २७ खेल खेलेको छ भने बार्सिलोनाले २६ खेल खेलेको छ ।

cura insider

यस खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी भने पूर्वसहकर्मी जाभी हर्नान्डेजको कीर्तिमान बराबरी गर्ने दाउमा छन् । हुएस्काविरुद्धको खेल मेस्सीका लागि सात सय ६७औँ खेल हुनेछ ।

यस खेल खेलेसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी गर्ने छन् । मेस्सीले हाल बार्सिलोनाका लागि सात सय ६६ खेल खेलेका छन्, जसमा उनले छ सय ५९ गोल र दुई सय ८९ असिस्ट गरेका छन् ।

जाभीले भने सात सय ६७ खेलमा ८५ गोल गोल र एक सय ८४ असिस्ट गरेका छन् ।

jackson ribon