birat ribon

हप्तामा सातवटा अण्डा खानु लाभदायक

Neuro
हप्तामा सातवटा अण्डा खानु लाभदायक

विराटनगर / अण्डा पौष्टिक खानामध्ये एक हो ।

एउटा सम्पूर्ण अण्डामा मानव शरीरलाई चाहिने सबै आवश्यक पोषक तत्व हुन्छ । प्रोटिन, भिटामिन बी १२, भिटामिन डी र अन्य धेरै एन्टिआक्सिडन्टले भरिएको अण्डाको सेवनले शरीरलाई स्वस्थ राख्न र दीर्घकालीन रोग लाग्नबाट रोक्न मद्दत गर्छ । तर, अण्डाको पहेलो भागमा कोलेस्ट्रोलको मात्रा उच्च हुने हुँदा एक दिनमा धेरै अण्डाको सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिँदैन ।

cura insider

एक दिनमा केबल तीन सयभन्दा कम मिलिग्राम कोलेस्ट्रोलको सेवन गर्नुपर्ने सल्लाह दिइन्छ । तर, एउटा अण्डाको पहेँलो भागामा कोलेस्ट्रोलको मात्रा दुई सय मिलिग्राम हुन्छ । जसको मतलब अत्यधिक अण्डाको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउने गर्छ । अध्ययनअनुसार एक औसत स्वस्थ व्यक्तिले हप्तामा सातवटा अण्डाको सेवन गर्न सक्छ ।

कुनै स्वास्थ्य समस्या वा कुनै प्रकारका साइड इफेक्ट नहुने मानिसले सजिलैसँग एक दिनमा तीनवटा अण्डाको सेवन गर्न सक्छन् । तर, धेरै अण्डाको सेवनले गर्मी बढाएर झाडापखाला (विशेषगरी बालबालिकामा) लगायत पेटसँग सम्बन्धित रोगको कारण बन्न सक्छ । हालसम्म कुनै पनि अध्ययनले एक व्यक्तिले कति वटा अण्डा खानुपर्छ भनेर पुष्टि गर्न सकेको छैन ।

हरेक खानालाई ठिक्क मात्रामा खानका लागि सिफारिस गरिन्छ । धेरै स्वस्थ मानिने खानाको पनि अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

jackson ribon